(१) दफा २१ख. को उपदफा (२) बमोजिम प्राप्त हुन आएको प्रतिवेदन उपर सम्बन्धित विश्वविद्यालय वा शिक्षण संस्थाले तोकिए बमोजिमको कार्यविधि अपनाई आवश्यक जाँचबुझ गरी आफ्नो राय ठहर नेपाल सरकारमा पेश गर्नेछ ।
(२) उपदफा (१) बमोजिम विश्वविद्यालय वा शिक्षण संस्थाबाट प्राप्त हुन आएको राय ठहरको सम्बन्धमा नेपाल सरकारले काउन्सिलसँग परामर्श गरी त्यस्ता मेडिकल संस्थाको सम्बन्धमा काउन्सिललाई आवश्यक निर्देशन दिनेछ ।
(३) उपदफा (२) बमोजिम नेपाल सरकारले दिएको निर्देशन बमोजिम काउन्सिलले आवश्यक निर्णय गर्नेछ ।
(४) उपदफा (३) बमोजिम काउन्सिले त्यस्तो मेडिकल संस्थाको मान्यता अनुसूचीबाट हटाउने वा त्यस्ता मेडिकल संस्थाबाट कुनै खास मितिपछि प्रदान गरिएको चिकित्साशास्त्र सम्बन्धी डिग्री, डिप्लोमा, प्रमाणपत्र वा अन्य उपाधिको मान्यतालाई अनुसूचीबाट हटाउने गरेको निर्णय नेपाल राजपत्रमा प्रकाशन गरिनेछ ।